दफा ३४
कोषले पाउने विशेष छुट
(१) कोषले ऋणी संगठित संस्था वा जमानीबाट लिखत गराई धितो लिंदा वा धितो लिएको सम्पत्ति कोषको नाममा पारित गराई लिंदा वा कोषले अचल सम्पत्ति खरीद बिक्री गर्दा त्यस्तो कारोबारमा आय टिकट वा रजिष्ट्रेशन दस्तुर लाग्ने छैन ।
(२) लिखत गराई धितो लिएको जायजेथाबाट कोषले संगठित संस्थासंग लिनु पर्ने सम्पूर्ण रकम असूल हुन नसकेमा प्रचलित कानून बमोजिम ऋणी संगठित संस्थाको अन्य सम्पत्तिबाट त्यस्तो बाँकी रकम असूल उपर गर्न सक्नेछ ।
(३) कोषले लिखत गराई कुनै सम्पत्ति धितो लिएको लिखतमा उल्लेख भएको शर्तबमोजिमको म्यादभित्र धितो कब्जा गर्न वा कर्जा असूल गर्न कारवाही नगरेको कारणले मात्र धितो माथिको कोषको अधिकार समाप्त हुने छैन ।
(४) लिखतमा उल्लेखित शर्तबमोजिम धितो कब्जा गरेको, भोगचलन गरेको, भाडा वा ठेक्का पट्टामा दिएको वा मुनाफा बाँड्ने गरी अरूलाई सञ्चालन गर्न दिएकोमा त्यस्तो कारणले मात्र कोषले लिन पाउने किस्ता खिलाफ गरे बापतको व्याज तथा थप दस्तुर वा धितो बिक्री गर्न पाउने अधिकारमा असर पर्ने छैन ।
(५) यस ऐन बमोजिम कोषमा नियमित रुपमा रकम जम्मा गर्ने व्यक्तिसँग कोषले गरेको कर्जा कारोबारसँग सम्बन्धित लिखतको रजिष्ट्रेशन पारित गर्दा रजिष्ट्रेशन दस्तुर लाग्ने छैन ।